धौलागिरी पारिजातको १० औं वार्षिक साधारणसभा

विर्तामोड, पुस १६ । बिर्तामोडको धौलागिरी–पारिजात वहुउद्देश्यीय सहकारी संस्थाले शनिबार दुई काम एकसाथ सम्पन्न गरेको छ । धौलागिरी पारिजातले १० औं वार्षिक साधारणसभा र संस्थाको सुविधासम्पन्न भवन उद्घाटन गरेको हो । 
झापा क्षेत्र नम्बर–२ (१) का प्रदेशसभा सदस्य एकराज कार्कीले भवन उद्घाटन गर्नुभएको हो  । कार्यक्रमका प्रमुख अतिथि कार्कीले साधारणसभामा बोल्दै सहकारी क्षेत्रलाई राजनीतिकर्मीले राम्ररी बुझ्न नसकेको बताउनु भयो  । उहाँले जिल्ला संघमार्फत अन्तरक्रिया गरेर जिल्लाका सहकारीका अवस्थाका बारेमा आफूहरुलाई जानकारी गराउन आग्रह समेत गर्नुभयो । 
संस्थाले १० वर्षमा २ करोडभन्दा बढी शेयर पूँजी जम्मा गर्न सफल भएको छ ।  १० वर्ष अघि ३२ जना प्रारम्भीक सदस्यले स्थापना गरेको सहकारीमा हाल ३ हजार ६८० जना शेयर सदस्य पुगेका छन् ।
संस्थाले आर्थिक वर्ष ०७३÷७४मा निक्षेप तर्पm ७ करोड ७४ लाखभन्दा बढी बचत गर्न सफल भएको छ । संस्थाले लगानी तर्फ चार प्रकारका लगानी गरेको जनाएको छ । जसमा स्वरोजगार कर्जा, व्यवसायीक तथा लघु कर्जा, सवारीसाधन कर्जा र कृषि कर्जा रहेको जनाएको छ । संस्थाले यसैवर्ष करिब ८० लाख लागतमा ३ तले केन्द्रीय कार्यालय भवन निर्माण गरेको छ । भवन निर्माणाधिन रहेको जनाइएको छ । बिभिन्न सामाजिक गतिबिधिमा समेत यो संस्था अग्रणी स्थानमा देखिएको छ । 
यसै वर्षदेखि संस्थाले जेष्ठ नागरिकलाई सम्मान, बिभिन्न समुहमा कारेबार गर्ने मध्ये बालबचत, क्रमीक बचत, साधरण बचत, ऋणी र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाले यसै वर्ष देखी उपचार राहत कोष स्थापना गरी जटिलरोग लागेका सदस्यलाई ५० हजार सम्म उपचार सहयोग गर्ने दशौँ साधारण सभामा संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । 
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सम्मानित व्यक्तित्व गोविन्द काफ्ले लगायतले संस्थाले गरेको प्रगति र आगामी दिनमा सहकारीले खेल्नुपर्ने भूमिकाका बारेमा बोलेका थिए । संस्थाका सदस्य त्रिलोचन सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिब युवराज ढकालले गर्नुभएको थियो । 
 


 

प्रतिकृया दिनुहोस

डम्पिङ साइड बन्यो अदुवा खोला

  केपी अधिकारी  झापा माघ ७ ।  झापाको एउटा मुख्य बजार विर्तामोड । विर्तामोडमा दैनिक रुपमा कती फोहोर निस्कन्छ कसै संग तथ्यांक छैन । तर

कनकाई क्याम्पस सुरुङ्गाको प्रमुखमा उप्रेती नियुक्त

विर्तामोड, पुस १६ ।  कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्याम्पस प्रमुखमा उपप्राध्यापक विकासप्रसाद उप्रेतीलाई नियुक्त भएका छन् । शनिवार बसेको

अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलन माघ ६ गते हुने

विर्तामोड, पुस १५ ।  अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलन आगामी माघ ६ गते हुने भएको छ ।  संगठनको देवी माविमा सम्पन्न विस्तारित बैठकले माघ ६ गते