कनकाई क्याम्पस सुरुङ्गाको प्रमुखमा उप्रेती नियुक्त

विर्तामोड, पुस १६ ।  कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्याम्पस प्रमुखमा उपप्राध्यापक विकासप्रसाद उप्रेतीलाई नियुक्त भएका छन् ।
शनिवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले उप्रेतीलाई आगामी ४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडालले जानकारी दिनुभयो । व्यवस्थापन संकाय अन्तरगत अध्यापनरत उपप्राध्यापक उप्रेतीले २०६२ सालदेखि उक्त क्याम्पसमा कार्यरत रही सहायक क्याम्पस प्रमुख, विश्वविद्यालय अनुदान आयोग अन्तरगत दोस्रो उच्च शिक्षा परियोजनामा सेप कमिटी सदस्य तथा उच्च शिक्षा सुधार परियोजनामा क्याम्पसको तर्फबाट संयोजक र क्यूएए फोकल पर्सन भई काम गरिसकेका छन् । 
क्याम्पस प्रमुखको रुपमा नियुक्त भइसकेपछि उप्रेतीले प्राध्यापक, अभिभावक, शिक्षासेवी, विद्यार्थी, कर्मचारी, बुद्धिजीवी, राजनीतिक दल तथा चन्दादाताहरुसँग समन्वय गर्दै क्याम्पसको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई शैक्षिक गुणस्तरमा सुधार गर्ने र बाह्य सरोकारवालासँग राम्रो सम्बन्ध कायम राख्दै क्याम्पसको हितमा क्रियाशिल हुने प्रतिक्रिया दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक