अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलन माघ ६ गते हुने

विर्तामोड, पुस १५ ।  अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलन आगामी माघ ६ गते हुने भएको छ । 
संगठनको देवी माविमा सम्पन्न विस्तारित बैठकले माघ ६ गते सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न आर्थिक समिति, हल व्यवस्थापन समिति, प्रचार प्रसार समिति, झण्डा ब्यानर व्यवस्थापन समिति, अतिथि सत्कार तथा प्रतिवेदन लेखन समिति गठन तथा ४३ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

संगठनका केन्द्रीय उपमहासचिव सिताराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा माओवादी झापाका जिल्ला समिति संयोजक विजय साङपाङ, संगठनका प्रदेश–१ का सदस्य राजु बरालले बोलेका थिए । 
संगठनका जिल्ला अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन कपिल तिम्सिनाले गरेका थिए । बैठकले शिक्षक महासंघको निर्वाचनमा संगठनको भूमिकाकाबारेमा समेत छलफल गरेको छ । 
 

प्रतिकृया दिनुहोस

डम्पिङ साइड बन्यो अदुवा खोला

  केपी अधिकारी  झापा माघ ७ ।  झापाको एउटा मुख्य बजार विर्तामोड । विर्तामोडमा दैनिक रुपमा कती फोहोर निस्कन्छ कसै संग तथ्यांक छैन । तर

धौलागिरी पारिजातको १० औं वार्षिक साधारणसभा

विर्तामोड, पुस १६ । बिर्तामोडको धौलागिरी–पारिजात वहुउद्देश्यीय सहकारी संस्थाले शनिबार दुई काम एकसाथ सम्पन्न गरेको छ । धौलागिरी पारिजातले १० औं

कनकाई क्याम्पस सुरुङ्गाको प्रमुखमा उप्रेती नियुक्त

विर्तामोड, पुस १६ ।  कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्याम्पस प्रमुखमा उपप्राध्यापक विकासप्रसाद उप्रेतीलाई नियुक्त भएका छन् । शनिवार बसेको