क्रिसमस डे मनाईंदै, आज सार्वजनिक बिदा

झापा पुष १० । इसाई धर्मावलम्बीले सोमबार डिसेम्बर २५ का दिन क्रिसमस डे मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर २५ तारिखमा क्रिसमम डे मनाउने गरिएको हो ।

‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थल झिलिमिली बनाइएको छ । क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायत देशका विभिन्न स्थानमा विशेष कार्यक्रम हुँदैछ ।

राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजका अनुसार नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको हो ।

अहिले नेपालमा १२ हजार भन्दा धेरै चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालले जनाएको छ । क्रिसमस डे को अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
 

प्रतिकृया दिनुहोस

झापामा चिसोले जनजीवन कष्टकर

झापा पुस २२ । शनिबार देखी झापामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजिवन नराम्ररी प्रभावित भएको छ । शुक्रबार दिउँसो घाम लागेको झापामा

अदालतको झमेलाले काठ र सवारी सड्दै

केपी अधिकारी झापा, पुस २२ ।  खिया लागेका हजारौं साइकलको चाँङ । खिया लागेर प्रयोग गर्नै नसकिने बनेका ५÷७ वटा ट्रयाक्टर, ४÷५ वटा पिक–अप र २ वटा

बढ्दैछ कन्यामको सडक

इलाम पुस १६ । इलामको कन्यामस्थित मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन