नागरिक वडापत्र अपाङ्गमैत्री भएनन् 

इलाम, पुष ९ । सरकारी कार्यालयहरुमा सेवाको बारेमा जानकारी दिन राखिएका वडापत्रहरु दृष्टिविहीनहरुका लागि काम नलागेको इलामका दृष्टिविहीनले बताएका छन् । 

वडापत्रमा कार्यालयका सबै सेवाको बारेमा जानकारी दिइएको भएपनि दृष्टिविहीनहरुले पढ्न नसक्ने हुँदा वडापत्रको कुनै अर्थ नहुने सरोकारवालाको भनाइ  छ ।

इलाम नेत्रहीन संघका अध्यक्ष पदम सुब्बाले दृष्टिविहीनहरुका लागि यसले कुनै काम नदिने बताउनु भयो । सुब्बाले सरकारी कार्यालयमा झुण्ड्याइएका बडापत्र औपचारिकतामै सिमित भएको भन्दै दृष्टिविहीनहरुले तोकिएअनुसार सेवा लिन सक्ने भएपनि दृष्टिविहीनले सेवा लिन नसकेको भन्दै ब्रेललीपीमा वडापत्र राख्नुपर्ने  बताउनु भयो । 

संविधानमा बडापत्र अपाङ्गतामैत्री हुनुपर्ने व्यवस्था भएपनि अहिले सम्म त्यसको कार्यान्वयन हुन नसकेको दृष्टिविहीनको गुनासो छ । 
 

प्रतिकृया दिनुहोस

झापामा चिसोले जनजीवन कष्टकर

झापा पुस २२ । शनिबार देखी झापामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजिवन नराम्ररी प्रभावित भएको छ । शुक्रबार दिउँसो घाम लागेको झापामा

अदालतको झमेलाले काठ र सवारी सड्दै

केपी अधिकारी झापा, पुस २२ ।  खिया लागेका हजारौं साइकलको चाँङ । खिया लागेर प्रयोग गर्नै नसकिने बनेका ५÷७ वटा ट्रयाक्टर, ४÷५ वटा पिक–अप र २ वटा

बढ्दैछ कन्यामको सडक

इलाम पुस १६ । इलामको कन्यामस्थित मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन