भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले आठ विकेटको जित हात पारेको छ । यससँगै उसले सिरिज पनि कब्जा गर्‍यो ।
दुई सय १६ रनको विजयी लक्ष्य पाएको भारतलाई धवन (नटआउट १ सय रन) र श्रेयस ऐर (६५) ले विशाखापट्टनममा ३२.१ ओभरमा १ सय ३५ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्‍याएका थिए । धवनले ८५ बलमा वान–डेमा आफ्नो १२ औं शतक पूरा गरे । उनले १३ चौका र दुई छक्का प्रहार गरे । सन् २००६ जुन महिनायता भारतले लगातार आठौं वान–डे इन्टरनेसनल सिरिज जितेको हो ।

यसअघि कुलदीप यादव र युवेन्द्र चाहलले तीन–तीन विकेट विकेट लिएपछि श्रीलंका ४४.५ ओभरमा २ सय १५ रनमा सीमित भएको थियो । ‘उनीहरूले एकसाथ राम्रो बलिङ पनि गरेनन् तर जसरी खेले वास्तवमै राम्रो खेले । उनीहरूले हामीलाई अगाडि बनाए,’ आफ्ना स्पिनरबारे भारतका कप्तान रोहित शर्माले भने, ‘युवा स्टारले धेरै ऊर्जा दिए । यो समूह प्रतिवान छ र यो नै त्यसलाई अभ्यास गर्ने सही समय हो ।’


 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

विराटनगर वारियर्समा हङकङका स्टार

झापा, पुष ३ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले हङकङका स्टार ब्याट्सम्यानद्वय अनुस्मन रथ र बाबर