ईपीएल आजबाट सुरु

झापा, पुष ३ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करण सोमबारदेखि राजधानीमा सुरु हुँदैछ । ६ सहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगिताको विजयी टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । ठूलो रकमको प्रतियोगिता भए पनि यसपटक विदेशी खेलाडीको सहभागिताले सबैको नजर त्यसतर्फ तानिएको छ ।
विश्वकप क्रिकेटमा फाइनल पुगेको टोलीका सदस्य रहेका फरवेज महारुफदेखि एसोसिएट क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानका रूपमा स्थापित गरिसकेका अनुस्मन रथ प्रतियोगितामा सहभागिता जनाउँदै छन् । प्रतियोगिता सुरु हुनुभन्दा तीन दिनअघि मात्र आईसीसीको मान्यता पाएका कारण अझै ठूला नाम ल्याउन सफल नभएको टोली मालिकहरूको दाबी छ । यद्यपि पहिलो संस्करणमै नाम चलेका स्टारहरूको आगमनले प्रतियोगितामा अझै उत्साह थपेको छ । राष्ट्रिय टोलीमा स्थापित नामसँगै युवा खेलाडीहरूको उपस्थितिले क्रिकेट विकासमा पनि टेवा पुग्ने पक्का छ ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले नेपाली क्रिकेटको विकासमा यस प्रतियोगिताले ठूलो मदत पुग्ने बताए । ‘हामीले यस प्रतियोगिता आयोजना गर्न निकै मिहिनेत गरेका छौं । यसले खेलाडीदेखि दर्शक र टोली मालिक सबैलाई जित–जितको अवस्थामा पुर्‍याएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको खेलको मजा दर्शकले लिनेछन् । खेलाडीले पनि आफ्नो स्तर उकास्ने राम्रो अवसर पाएका छन्,’ उनले भने । प्रतियोगिताको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । 

ललितपुर र काठमाडौं भिड्दै

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको ललितपुर प्याट्रिएट्स र श्रीलंकाली खेलाडी महारुफको कप्तानीमा रहेको काठमाडौं किङ्स ११ भिड्दैछन् । ललितपुरको टोलीमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागिता जनाइसकेका योगेश नागरसँगै भारतीय खेलाडी जयकिशन कोस्लावाला र सुबोध भाटी छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने र महबुब आलमले ललितपुरको टोलीलाई थप बलियो बनाउनेछन् । टोलीमा यू–१९ टोलीका पवन सर्राफ र रसिद खान पनि छन् । टोलीको प्रशिक्षकमा राजु बस्न्यात छन् । 

यता काठमाडौंमा कप्तान महारुफसँगै अर्का श्रीलंकाली खेलाडी अक्षु फर्नान्डो पनि छन् । मध्यक्रमका ब्याट्सम्यान फर्नान्डोसँगै भारतीय ब्याट्सम्यान सगर कुमारले टोलीलाई थप बलियो बनाएका छन् । टोलीमा मार्की खेलाडीका रूपमा सोमपाल कामी छन् भने राष्ट्रिय टोलीका सागर पुन पनि छन् । सिद्धान्त लोहनी, जितेन्द्र मुखिया र नरेश बुढाऐरको उपस्थितिले टोली मजबुत देखिएको छ । टोलीको प्रशिक्षक मनोज कटुवाल छन् ।

 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले