पाकिस्तानी चर्चमा भएको आत्मघाती आक्रमणमा आठ जनाको मृत्यु, ४४ जना घाइते

झापा, पुष ३ । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । 

क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत् दिएको जानकारी अनुसार आत्मघाती आठजनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । घटनामा थप केही जना गम्भीर घाइते रहेका बताउँदै मृतकको संख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताउनुभयो । 

स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन् । घाइतेमध्ये नौ जनालाई गम्भीर चोट लागेको बताइएको छ । 

बलोचिस्तान प्रान्तका आन्तरिक मामिला मन्त्री सर्फाज वुग्टीले चार जनाको समूहमा आएका आतङ्ककारीले जारगुम सडक क्षेत्रमा रहेको वेथेल मेमोरियल मेथोडेस्ट चर्चको प्रवेशद्वार नजिकै आक्रमण गरेका बताउनुभयो । 

आक्रमणकारीले विष्फोटक पदार्थसहित चर्चमा प्रवेश गर्न खोज्दै गर्दा सुरक्षाकर्र्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र एक अर्को व्यक्ति सुरक्षाकर्मीको गोली लागि घाइते भएको अवस्थामा आत्मघाती विस्फोट गराएको मन्त्री वुग्टीले बताउनुभयो । दुई जना भने चर्चको भीडको फाइदा लिँदै भाग्न सफल भएका छन् । 

आक्रमण हुँदा चर्चमा प्रार्थनाका लागि करिब ५०० धर्मावलम्बी रहेका थिए । घटनामा घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

आइतबार साँझ समाचार तयार पार्दासम्म घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । 

प्रतिकृया दिनुहोस

सिरियामा विस्फोट, २३ जनाको मृत्यु

झापा, पुस २४ – सिरियाको इडलिबमा भएको विस्फोटमा कम्तिमा २३ जनाको ज्यान गएको छ । बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र

फिलिपिन्समा आग्लागी, २५ जनाको मृत्यु

झापा पुष ०९ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी कम्तीमा २५ जनाको मृत्यु भएको छ । दाभाओमा रहेको सपिङ मलमा स्थानीय समय अनुसार

बेलायतमा भारी हिमपात, यातायात सेवा अवरुद्ध

झापा मंसिर २५ । बेलायतमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।  हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् ।