१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई

झापा पुष २ । नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि एमाले भित्र तेश्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ । 

पार्टी सचिव तथा प्रदेश इञ्चार्ज भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईले एक अर्कालाई अस्वीकार गर्ने अवस्था सृजना भएपछि तेश्रो विकल्पका रुपमा युवा नेता राजेन्द्र राईको नाम अघि सारिएको हो । 

आचार्यलाई एमाले वरिष्ठ नेता झलनाथ खनालको सहयोग रहेको छ भने उहाँप्रति माधव नेपालको पनि सहानुभूति रहेको बताइन्छ । तर शेरधन राईलाई एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्र मानिन्छ । त्यति मात्रै होइन शेरधनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आशिर्वाद प्राप्त छ । 

भीम आचार्य र शेरधन राईले एक अर्काको अस्तित्व अस्वीकार गर्ने अवस्था बनेपछि मध्यमार्गी प्रस्तावका रुपमा राजेन्द्र राईको नाम अघि बढाउन लागिएको एमाले श्रोतले बतायो । उहाँले पनि विजयी भएपछि आयोजना गरिएको कार्यक्रमहरुमा आफू मुख्यमन्त्रीका लागि योग्य भएको र सफलता पूर्वक जिम्मेवारी सम्हाल्ने अभिव्यक्ति दिँदै आउनुभएको थियो । 

दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष सम्हालेका राई अहिले एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । उनलाई एमाले भित्र बौद्धिक व्यक्तित्वका रुपमा हेरिन्छ । भोजपुरबाट प्रत्यक्ष निर्वाचन लडेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका राईलाई मुख्य मन्त्री बनाउन माधव नेपालले विशेष सहयोग गर्नेछन् भने पछिल्लो समय एमाले अध्यक्ष केपी समेत सकारात्मक बन्दै गएको बताइन्छ । 

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख