कर्णालीलाई छात्र भलिबलको उपाधी

झापा पुष २ । 

आयोजक कर्णाली एजुकेशन फाउण्डेशनले अन्तर मा.वि छात्र भलिवलको उपाधि हात पारेको छ। बुद्धशान्ति १ स्थित कर्णाली एजुकेशन फाउण्डेशनको खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाईनलमा रुप रत्न अंग्रेजी बिद्यालयलाई हराउंदै कर्णालीले उपाधि उचालेको हो।

उपाधिसंगै कर्णालीले नगद रु ५,००० मेडल र प्रमाण-पत्र हात पार्यो भने उपविजेता रुपरत्नले नगद रु ३,००० मा चित्त बुझाउनु पर्यो। बुद्धशान्ति र अर्जुनधारा क्षेत्रका ५ विभिन्न बिद्यालय सम्मिलित प्रतियोगिताको पुरस्कार वितरण आयोजक कर्णाली एजुकेशन फाउण्डेशनका प्राचार्य गंगाराम गडतौला र प्रबन्ध निर्देशक छत्र बहादुर कार्कीले गर्नुभएको थियो।

बिद्यालयको बार्षिक कार्यतालिका अनुशार प्रत्येक बर्ष भलिबल प्रतियोगिता आयोजना हुनेगर्दछ। विद्यार्थीको चौतर्फीबिकाशका लागि यस बिद्यालयले अन्य बिभिन्न अतिरिक्त क्रियाकलाप समेत गर्दौ आएको छ।

 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले