प्रतिनिधिसभामा एमाले पहिलो दल

झापा, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा तर्फको प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । 
मतगणना भइरहेको सुनसरी ३ मा नेपाली कांग्रेसका विजय गच्छदारले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार स्याङ्जा २ मा एमालेकी पद्माकुमारी अर्याल र कैलाली २ मा एमालेकै झपट रावल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ । माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ ।
वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११८ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थी गठबन्धनकै सांसद रहेको बताइसकेका छन् । यसो गर्दा वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११९ सिट पुगेको छ ।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३७ सिट जितेको छ जसमा नयाँ शक्तिका डा. बाबुराम भट्टराई पनि पर्छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेस एक्लैले २२ सिट जितेको छ । बिजयकुमार गच्छदारको अग्रता कायमै रहेकाले उनले जितेमा कांग्रेसको २३ सिट हुनेछ ।
त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख