समानुपातिक तर्फ कांग्रेस भन्दा एमाले झिनो मतले अगाडी

लक्ष्मी गौतम
फिदिम २६ मंसिर । पाँचथरमा समानुपातिक तर्फको ६० प्रतिसत मत गणना  सकिएको छ । ७७ हजार ९ सय १३ मत खसेको यस जिल्लामा बिहान १० बजेसम्म ५१ हजार ५६ मत गणना गरेर सकिएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रत्यक्षतर्फ झण्डै १० हजार मत अन्तरले जीत हार भएका कांग्रेस र एमाले बिच समानुपातिक तर्फभने झिनो मत अन्तर छ । यहाँ यो समचार तयार पार्दासम्म समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि कांग्रेसले १७ हजार ८ सय ७२ र एमालेले २१ हजार ४ सय १७ मत प्राप्त गरेका छन । माओवादी केन्द्रले भने ६ हजार ५ सय ६० मत प्राप्त गरेको छ । यस्तै संघीय समाजवादी पार्टिले १ हजार ७ सय ४३ र राप्रपा प्रजातान्त्रिकले १ हजार ५ सय मत पाएका छन । राप्रपाको गाई चिन्हले भने २ हजार ८ सय ३ मत पाएको छ ।

प्रदेश सभामा पनि दलहरुले प्रतिनिधि सभाकै हाराहारीमा मत पाएको बताइएको छ । समानुपातिक तर्फपनि बदर मतको संख्या उल्लेख्य छ । पाँचथरमा समानुपातिक तर्फ अहिलेसम्म ६ हजार ४ सय ९६ म तबदर भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । पाँचथरमा समानुपातिक तर्फको सबै गणना बुधवार बिहानसम्ममा सम्पन्न गर्नेगरी गणक र प्रतिनिधि लाई ४ स्थानमा राखेर मत गणना भइरहेको मुख्य निर्बाचन अधिकृत मनोजकुमार केसीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख