जनतासँग गरिएका बाचा पूरा गर्छाैंः सांसद नेम्वाङ

इलाम, मंसिर २६ । नवनिर्वाचित सांसद तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । इलामको देउमाई नगरपालिकास्थित मङ्गलवारे बजारमा बाम गठबन्धनद्वारा आज आयोजित  विजय उत्सवलाई सम्वोधन गर्दै उहाँले जनताको मतले गठबन्धनले चुनाव जितेको र  अब तिनै जनताका आवश्यकता र माग पूरा गर्ने हाम्रो पहिलो दायित्व भएको बताउनु भयो । पाँच वर्षभित्रमा इलामलाई देशकै नमुना जिल्ला बनाउने लक्ष्यका साथ अघि बढ्ने बताउँदै उहाँले घोषणा पत्रमा उल्लेख भएबमोजिम विकास र पूर्वाधार निर्माण गर्ने बताउनुभयो । 


उहाँले प्रतिपक्षको सल्लाह र सहयोगले अघि बढ्ने विचार व्यक्त गर्नुभयो । निर्वाचनमा विभिन्न राजनीतिक दलबीच जुन किसिमको प्रतिस्पर्धा थियो, त्यो अब सकिएको भन्दै  नेम्वाङले विजयमा आत्तिनु, मात्तिनु नहुने धारणा राख्नु भयो । नेपाली जनतालाई अब कुनैपनि प्रकारको अधिनायकवाद, निरंकुता, स्वेच्छारिता र तानाशाह आवश्यकता छैन्, भन्दै नेता नेम्वाङले अब देश शान्ति र समृद्धिको बाटोमा उन्मुख हुने बताउनु भयो ।  


कार्यक्रममा इलाम क्षेत्रनम्बर– २ प्रदेशसभा– १ का सांसद राम रानाले यस क्षेत्रका १० हजार युवालाई रोजगारीको ग्यारेन्टी गरिने, शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षालयहरूको निर्माण गर्ने, उद्योग कलकारखानाको स्थापना गरेर गरिबी उन्मुलन गर्ने खालका नयाँ कार्यक्रम ल्याइने बताउनुभयो । 


प्रदेशसभा–२ का प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले जनताले चाहेको आर्थिक र समृद्धिको सुरूवात गरिने बताउनुभयो । विकास पूर्वाधारलाई पहिलो प्राथमिकता दिने बताउँदै उहाँले आफूले जितेको क्षेत्र कर्णाली जस्तै भएकाले त्यसको विकास र समृद्धिमा आफू कटिबद्ध रहने विचार व्यक्त गर्नुभयो । विजयी सांसदहरूले अत्यधिक मत दिएर आफूहरूलाई विजयी गराउने मतदातालाई धन्यवाद समेत दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख