सुगम पोखरेलको नयाँ गीत ‘तिमी हिँड्ने’

नेपाली चलचित्रकामा लगातार सुपरहिट गीत दिएका सुगम पोखरेल आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । चलचित्रका गीतमा जमेका सुगमको एल्बम स्वेत हंसनीमा समावेश रहेको गीत तिमी हिँड्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । 

विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आचल शर्माको अभिनय छ भने उनलाई आकाश राई र भुवन खड्काले साथ दिएका छन् । तीन साथीबिचको प्रेम र विवाहको घटनालाई गीतले समेटेको छ । केशव शर्मा बेलबासेको शब्दमा राजन तिमिल्सिनाले संगीत भर्नु भएको छ । 

गायक सुगम पोखरेलले यो गीतबाट निकै आशावादी भएको बताएका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने अनिल के मानन्धरले छायाँकन गरेका हुन् ।

भिडियो हेर्नुस् । 

प्रतिकृया दिनुहोस

स्लिम बन्दै स्वस्तिमा

‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गर्दा स्वस्तिमा खड्काको चर्चा चुलियो । स्वस्तिमा यो गीतमा नृत्य गरेर चर्चित मात्र बनिनन्, धेरैलाई फ्यान

मोडलिङमा जम्दै विशाल

रोशन भट्टराई मेचीनगर १२ कालीझोडा घर भएका विशाल गिरी गायन तथा मोडलिङको क्षेत्रमा माहिर छन् । पछिल्लो समय नयाँ नयाँ कभर भिडियो तथा गीत यूटुबमा अपलोड

चलचित्र ‘झ्यानाकुटी’को फोटो कन्टेस्ट चर्चित

झापा मंसिर ४ । आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ‘झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले राम्रो चर्चा बटुलेको छ । फिल्म युनिटले प्रिती