काठमाण्डौंमा विस्फोट, गगन थापा घाइते

झापा मंसिर १८ । काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा सहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । थापासहित ७ जना भने सामान्य घाइते भएका छन् । 


चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।
थापा सहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चुनावी प्रचार प्रसारमा रहेका थापा माथि आक्रमण भएपछि अहिले शिक्षण अस्पताल बाहिर शुभचिन्तकको भिड लागको छ ।
 

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख