एक्सेल बैंकको नाफा १५ करोड माथी 

झापा मंसिर १८ । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले आ.व. ०७३।०७४ मा १५ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । यस वैंकको हाल सम्म लगानीमा रहिरहेको कर्जा ३ अर्व ९३ करोड रहेको छ भने निक्षेप संकलन ४ अर्व ५१ करोड रहेको बैंकको बाह्रौ वार्षिक साधारण सभामा जानकारी गराइएको छ ।

झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोर¨का विभिन्न २१ स्थानमा अवस्थीत शाखा कार्यालयहरु मार्फत ग्राहक समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ । बैंकले आगामी दिनमा थप शाखा विस्तारकोे लक्ष्य लिएको छ ।

साधारण सभाले चुक्ता शेयर पूंजीको ३०.१२ प्रतिशतका दरले वोनस शेयर र उक्त वोनस शेयर वितरण गर्दा कर मिलान प्रयोजनार्थ १.५९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै उक्त साधारण सभाले सर्वसाधारण समुहका शेयरधनीहरु मध्येबाट पुरुषोत्तम लम्साललाई संचालक निर्वाचित गरेकोछ । बाहै वार्षिक साधारण सभाबाट पारित वोनश शेयर तथा चालु आ.व.मा निष्काशन गरिएको हकप्रद शेयर पश्चात वैंकको चुक्ता पूजी ६९ करोड २६ लाख ७४ हजार रुपैंया पुग्नेछ ।


 

प्रतिकृया दिनुहोस

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो झापा मंसिर १९ । सुनचाँदीको भाउ आज मंगलबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी

अब एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने

झापा मंसिर १६ । रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् ।  राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख

सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो

झापा मंसिर ६ । सुनको भाउ बुधबार तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले