विराटको छैटौं दोहोरो शतक, उच्च स्कोरमा पनि सुधार

झापा मंसिर १६ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले छैटौं दोहोरो शतक बनाएका छन् । उनले श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा पनि दोहोरो शतक पूरा गरेका हुन् । यो वर्ष तेश्रो चोटी दोहोरो शतक बनाएका उनको समग्रमा यो छैटौं दोहोरो शतक हो ।
कोहलीले दिल्लीमा श्रीलंकासँगको खेलमा २ सय ३८ बलमा दोहोरो शतक पूरा गरेका हुन् । २९ वर्षे कोहलीले श्रीलंकासँगको यो टेष्टको पहिलो दिन शनिबार ५ हजार रन पूरा गरेका थिए ।
उनले टेष्टमा अहिले सम्मको उच्च स्कोर पनि सुधार गरेका छन् । उनको यस अघिको २ सय ३५ रनको उच्चस्कोर सुधार गर्दै कोहली अघि बढिरहेका छन् । सन् २०११ मा वेष्ट इण्डिजसँगको टेष्टमा डेब्यु गरेका उनले योसहित भारतका लागि ६४ टेष्ट खेलेका छन् । उनले २० शतक र १४ अर्धशतक पूरा गरेका छन् ।

प्रतिकृया दिनुहोस

भारतको लज्जास्पद हार

भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकाले शानदार जित हासिल गरेको छ । आइतबार भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो

नेपाल र केन्या बिचको खेल आज

झापा मंसिर १६ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा आज केन्या संग प्रतिश्पर्धा गर्दैछ । नेपाली टोलीले केन्या

बिसीसिअार्इलार्इ ५२ कराेड २४ लाख जरिवाना

भारतीय प्रतिस्पर्धा अायाेग (सिसीअार्इ)ले अाइपिएल मिडिया अधिकारकाे सन्दर्भमा प्रतिस्पर्धा विपरित गतिविधि गरेकाे भन्दै भारतीय क्रिकेट