ईपिएलको खेल तालिका सार्वजनिक

झापा मंसिर १५ । ऐभरेष्ट प्रिमियर लिग (ईपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ । ऐभरेष्ट प्रिमियर लिग प्रालिले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल मार्कि रहेको ललितपुर प्याट्रियट्स र सोमपाल कामी मार्कि रहेको काठमाडौं किंग्स एघारका बिचमा हुनेछ ।

१८ डिसेम्बरबाट शुरु हुने प्रतियोगिताको फाईनल खेल ३० डिसेम्बर सम्म चल्नेछ । टियु क्रिकेट मैदानमा हुने खेलहरुमा पहिलो दिन एक खेल मात्र हुनेछ भने अन्य दिनमा दुई खेलहरु हुनेछन् । पहिलो खेल बिहान नौ बजे र दोश्रो खेल १२:४५ बजे शुरु हुनेछ । 

छ टोली सम्मिलित प्रतियोगिताको लिग चरणमा सबै टोलीले एक अर्का बिरुद्द एक एक खेल खेल्ने छन् । 

डिसेम्बर २७ मा पहिलो र दोश्रो हुने टोलीले एक अर्कासँग पहिलो क्वालिफायर्समा भिड्ने छन् भने जित्ने टोलीले सिधै फाइनलमा प्रवेश पाउनेछ । 

त्यस्तै एलिमिनेटरमा तेश्रो र चौथों हुने टोली एक आपसमा भिड्ने छन् । जित्ने टोलीले पहिलो क्वालिफायर्सको पराजित टोली बिरुद्द खेल्नेछ र त्यस खेलमा जसले जित हात पार्छ उसले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले