विश्वकप २०१८ को खेल तालिका आज सार्वजनिक हुने

झापा मंसिर १५ । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक हुँंदैछ ।
राजधानी मस्को शहरमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले समूह विभाजन र खेल तालिका सार्वजनिक गर्नेछ । यसका लागि विश्वकपमा छनौट भएका सबै ३२ राष्ट्रका फुटबल संघ र टोलीका प्रतिनिधि मस्को पुगिसकेका छन् ।


सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको आधारमा ४ वटा पटमा राखिएको छ । शीर्ष वरियताप्राप्त राष्ट्रहरुको पटमा जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जे्न्टिना, बेल्जियम, पोल्याण्ड, फ्रान्स र आयोजक रुस रहेका छन् ।


यसैगरी दोस्रो पटमा स्पेन, पेरु, स्विट्जरल्याण्ड, इ्रग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे र क्रोएसिया छन् ।
तेस्रो पटमा डेनमार्क, आईसल्याण्ड, कोष्टारिका, स्विडेन, ट्युनिसिया, ईजिप्ट, सेनेगल र ईरान छन् भने चौथो पटमा सर्विया, नाईजेरिया, अष्ट्रेलिया, जापान, मोरक्को, पानामा, दक्षिण कोरिया र साउदी अरेबिया छन् ।

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले