सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला

झापा मंसिर १५ । तेह्रथुमको आठराई गाउँपालिका–१, संक्रान्ति बजारमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

फेदाप गाउँपालिका–५, इसिवुका २५ वर्षीय दिपेन फोम्बोलाई ट्याङ्कीमा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले जनाएको छ ।

स्थानीय दलाहाङ माबोको निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा मृत भेटिएका दिपेन मंगलबार देखि नै बेपत्ता भएका थिए । २० फिट अग्लो डिलबाट लडेर ट्याङ्कीमा परेपछि फोम्बोको ज्यान गएको हुनसक्ने प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

त्रिशुलीमा बस खस्यो, ६ जनाको मृत्यु 

झापा मंसिर १३ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस बुधबार विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र

हुम्लामा उड्ने क्रममा रहेको तारा एयरको विमान दुर्घटना

झापा मंसिर १२ । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान

चार जना सवार मोटरसाइकल ट्रक संग ठोक्कियो, दुई जनाको मृत्यु

झापा, मंसिर ८ । सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुईजना घाईते भएका छन् । बिहिबार राति सुरुङगा