कम्युनिष्टले राष्ट्रपति शासन लाद्न खोजेः प्रधानमन्त्री देउवा

झापा मंसिर १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टले संविधान खारेज गरेर राष्ट्रपति शासन लाद्न खोजेको र एकदलीय शासन ल्याउन लागेको आरोप लगाउनुभएको छ । उहाँले कम्युनिष्टको शासन आएमा सधैं डर र त्रासमा बस्नुपर्ने पनि बताउनुभएको छ । 
वीरगञ्जमा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसका सभापतिसमेत रहेका देउवाले कांग्रेसले मात्रै मधेसी जनताको चाहना अनुसार संविधान संशोधन गर्ने दावी गर्नुभयो ।
कम्युनिष्टको हातमा सत्ता सुम्पनु भनेको एकदलीय तानाशाही शासनलाई निम्ता दिनु भएको बताउँदै प्रधानमन्त्री देउवाले देश सम्पन्न बनाउन कांग्रेसले नै जित्नुपर्ने जिकिर गर्नुभयो । 

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख