काँग्रेस विरुद्ध खनिए ओली

झापा मंसिर १४ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धीका लागि बामगठबन्धनले बहुमत ल्याउनु पर्ने बताउनुभएको छ । झापा क्षेत्र नम्बर २ को विर्तामोडमा आज आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले कांग्रेसले बहुमत ल्याएर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्नुभएको हो । 

अब बाम पन्थी नेतृत्वमा मुलुक अघि बढेको र त्यसको नेतृत्व एमालेले गर्ने ओलीको भनाई छ ।
भाषणको प्राय समय कांग्रेको आलोचनामा खर्चिएका ओलीले नेपाली काँग्रेसको यहि अन्तिम सरकार हुने ठोकुवा पनि गर्नुभयो । 

कार्यक्रममा बाम गठबन्धनका तर्पmबाट झापा क्षेत्रनम्बर २ की उम्मेद्वार पवित्रा निरौला खरेल, प्रदेश १ का उम्मेद्वार एकराज कार्की, प्रदेश २ का उम्मेद्वार बिर्ख प्रधान लगायतले मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य राजकुमार पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

बिजय गच्छदार बने प्रत्यक्षतर्फको अन्तिम सांसद

झापा, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्

प्रतिनिधिसभामा एमाले पहिलो दल

झापा, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन

समानुपातिक तर्फ कांग्रेस भन्दा एमाले झिनो मतले अगाडी

लक्ष्मी गौतम फिदिम २६ मंसिर । पाँचथरमा समानुपातिक तर्फको ६० प्रतिसत मत गणना  सकिएको छ । ७७ हजार ९ सय १३ मत खसेको यस जिल्लामा बिहान १० बजेसम्म ५१ हजार