त्रिशुलीमा बस खस्यो, ६ जनाको मृत्यु 

झापा मंसिर १३ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस बुधबार विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट बस त्रिशुली नदी खसेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार केही यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार प्रयास भइरहेको छ । बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार ६ जनाको दुर्घटना स्थलमा नै मृत्यु भएको छ भने १४ जनाको उद्धार गरिएको छ ।
नमस्ते अर्घाखाँचीको उक्त बसको नम्बर थाह हुन सकेको छैन । उद्धारकार्यका लागि मुग्लिन, जोगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थल तर्फ गइसकेको छ ।

प्रतिकृया दिनुहोस

सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला

झापा मंसिर १५ । तेह्रथुमको आठराई गाउँपालिका–१, संक्रान्ति बजारमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । फेदाप

हुम्लामा उड्ने क्रममा रहेको तारा एयरको विमान दुर्घटना

झापा मंसिर १२ । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान

चार जना सवार मोटरसाइकल ट्रक संग ठोक्कियो, दुई जनाको मृत्यु

झापा, मंसिर ८ । सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुईजना घाईते भएका छन् । बिहिबार राति सुरुङगा