वृद्ध वृद्धा र असक्तको सहयोगका लागि महापुराण

झापा मंसिर १२ । झापाको बुद्धशान्ति गाउँपालिका १ होक्सेमा आगामी मंसिर २२ गते देखी श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । जेष्ठ नागरिक तथा अपाङ्ग मैत्री सत्संग भवन निर्माण गर्ने उध्येश्यका साथ महापुराण आयोजना गरिएको विर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । भवन निर्माणका लागि स्थानिय राम प्रसाद रिजालको परिवार बाट १० धुर जमिन उपलब्ध भएको बताइएको छ । 

यस्तै कृष्ण कुमालले डेढ धुर जग्गा प्रदान गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले ५ धुर जग्गा दिने बचन वद्धता गर्नुभएको चौतारीका अध्यक्ष मोहन तिम्सिनाले बताउनुभयो । भवन निर्माणका लागि साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बाट सहयोगको आश्वासन प्राप्त भएको तिम्सिनाले बताउनुभयो । 

उहाँले पुराण बाट उठेको रकम भवन निर्माणमा नै खर्च गरिने बताउनुभयो । जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीको आयोजनामा मंसिर २२ गते बाट सुरुहुने महापुराण मंसिर २८ गते सम्म सञ्चालन हुनेछ । महापुराणमा पण्डित लक्ष्मी तिम्सिना बाट पाठ पारायण तथा विदुषी तारा घिमिरेबाट कथा प्रवचन हुने पुराण मुल आयोजक समितीका अध्यक्ष रामप्रसाद रिजालले जानकारी दिनुभयो । चौतारीमा हरेक शनिबार ३ सय भन्दा बढी वृद्ध वृद्धा तथा असक्तहरु भेला भएर आप्mना ज्ञान, शिप र अनुभवहरु आपसमा आदान प्रदान गर्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस

हिम्मतको संग्राहलय बनाउने योजना

झापा मंसिर २७ । हिम्मत नेम्बाङ । झापाको कन्काई नगरपालिका ३ गोहि खाडीमा बस्छन उनि । २०२७ सालमा जन्मिएका नेम्बाङको रुचीको विषय चित्रकला र मुर्तिकला हो ।

पुर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल विर्तामोडमा बन्ने  

झापा, मंसिर २७ । झापाको विर्तामोडमा पुर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल बन्ने निश्चित भएको छ । वि एण्ड सी हस्पिटलको हाता भित्र अस्पताल निर्माण कार्य

हिमाली जिल्लाहरुमा ब्यापक हिमपात, जनजीवन प्रभावित

झापा, मंसिर २६ । हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको छ । गएरातिबाट पानी परेसँगै विहानैदेखि हिमपात भएको हो । हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा,