युएई विरुद्ध खेल्न नेपाली टोलीको घोषणा

झापा मंसिर १२ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँग हुने खेलका लागि १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीबाट च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी छन् । 

यस्तै १९ वर्ष मुनिको राष्ट्रिय टिमका कप्तान दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र दिलिप नाथ पनि टोलीमा परेका छन् । यस्तै, ललित भण्डारीले पनि लामो समयपछि नेपाली टोलीमा पुनरागमन गरेका छन् । जितेन्द्र सिंह मुखिया, अनिलकुमार साह, कुशल भुर्तेल र सिद्धान्त लोहनीलाई राखिएको छ । 

वैकल्पिकमा परे पनि कुशल र अनिलकुमार साह भने टोलीसँगै भोली बुधबार प्रतियोगिताका लागि अबुधावी जाने छन् । उनीहरुलाई अतिरिक्त खेलाडीको रुपमा लैजान लागेको नेपाली राष्ट्रिय टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिनुभयो । टोलीले प्रतियोगिताअघि आउँदो शुक्रबार अमेरिकासँग र आइतबार केन्यासँग अभ्यास खेल खेल्ने छ । 

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ तथा अन्तिम चरणको खेलमा नेपालले आउँदो मंसिर २० र २२ गते युएईसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । ८ टिम सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं स्थानमा रहेको नेपाल डिभिजन दुईमा घटुवा भइसकेको छ ।  

प्रतिकृया दिनुहोस

भारतको लज्जास्पद हार

भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकाले शानदार जित हासिल गरेको छ । आइतबार भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो

विराटको छैटौं दोहोरो शतक, उच्च स्कोरमा पनि सुधार

झापा मंसिर १६ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले छैटौं दोहोरो शतक बनाएका छन् । उनले श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा पनि दोहोरो शतक पूरा गरेका

नेपाल र केन्या बिचको खेल आज

झापा मंसिर १६ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा आज केन्या संग प्रतिश्पर्धा गर्दैछ । नेपाली टोलीले केन्या