ताप्लेजुङमा हिमपात, तीर्थयात्रीलाई समस्या

ताप्लेजुङ, मंसिर १२ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा सोमबार राति हिमपात भएको छ । सामान्य वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

प्रसिद्ध तीर्थस्थल पाथिभरामा बाक्लो हिमपात हुँदा तीर्थयात्री समस्यामा परेका छन् । माथिल्लो फेदीसम्म हिउँ झरेको स्थानीय इन्द्रनारायण भट्टराईले बताए । पाथिभराका साथै हिमपातका कारण जिल्लाका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । 

माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भएसँगै चिसो ह्वातै बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको स्थानीयको भनाइ छ ।

यस्तै जिल्लाका फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाङ्खे लगायतका स्थानमा समेत चिसो बढेको छ । डाँडातिर हिउँ परेपछि तल्लो भेगमा पनि चिसो बढेको हो ।
 

प्रतिकृया दिनुहोस

हिम्मतको संग्राहलय बनाउने योजना

झापा मंसिर २७ । हिम्मत नेम्बाङ । झापाको कन्काई नगरपालिका ३ गोहि खाडीमा बस्छन उनि । २०२७ सालमा जन्मिएका नेम्बाङको रुचीको विषय चित्रकला र मुर्तिकला हो ।

पुर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल विर्तामोडमा बन्ने  

झापा, मंसिर २७ । झापाको विर्तामोडमा पुर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल बन्ने निश्चित भएको छ । वि एण्ड सी हस्पिटलको हाता भित्र अस्पताल निर्माण कार्य

हिमाली जिल्लाहरुमा ब्यापक हिमपात, जनजीवन प्रभावित

झापा, मंसिर २६ । हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको छ । गएरातिबाट पानी परेसँगै विहानैदेखि हिमपात भएको हो । हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा,