१२ जना पक्राउ

इलाम मंसिर ११ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले पछिल्लने पटक तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका– ६ का चुडामणी घिमिरे, सूर्योदय नगरपालिका – २ का सुमित खत्री, भारत जलपाइगुडीका सुभाष तामाङ छन्  । 


उनीहरू विरूद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइएको इलामका एसपी विपिन कर्माचार्यले जानकारी दिए । कर्माचार्यका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा रहेर निर्वाचन विरोधी गतिविधिमा लागेको पाइएकाले अन्य नौं जना कार्यकर्तालाई यसअघि पक्राउ गरेको थियो । गिरफ्तार हुनेमा जिल्ला कमाण्डर देखि गाउँस्तरीय  कार्यकर्ता रहेको एसपी कर्माचार्यले बताए । 


पक्राउ पर्नेमा  भगवती मावि इलाममा कार्यरत शिक्षक खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, मुना भन्ने पार्वता बराल इलाम नगरपालिका– ५ बाट ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका– ११ बाट २७ वर्षीय सञ्जीव फागो, देउमाइ नगरपालिका– ८ बाट ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका– १ बाट २६ वर्षीय विशाल राईलाई पक्राउ गरिएको र उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मगर मगर युवा संगठन प्रमुख र परियार दलित आयोग प्रमुख रहेको एस पी कर्मचार्यको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

झापामा चिसोले जनजीवन कष्टकर

झापा पुस २२ । शनिबार देखी झापामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजिवन नराम्ररी प्रभावित भएको छ । शुक्रबार दिउँसो घाम लागेको झापामा

अदालतको झमेलाले काठ र सवारी सड्दै

केपी अधिकारी झापा, पुस २२ ।  खिया लागेका हजारौं साइकलको चाँङ । खिया लागेर प्रयोग गर्नै नसकिने बनेका ५÷७ वटा ट्रयाक्टर, ४÷५ वटा पिक–अप र २ वटा

बढ्दैछ कन्यामको सडक

इलाम पुस १६ । इलामको कन्यामस्थित मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन