लालबाबु पण्डितलाई लक्षित गरेर बम विष्फोट

विराटनगर, १२ मंसिर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं पूर्व मन्त्री लालबाबु पण्डितलाई लक्षित गरेर आज विहान बम विष्फोट गराइएको छ । वाम गठबन्धनका उम्मेदवार पण्डित चढेको बा १३ च ५२४२ नम्बरको स्कारपिओलाई लक्षित गरेर बुढीगंगा गाउँपालिका ५ को पोठियाफान टोलमा विहान ८ः४० बजे विष्फोट गराइएको जानकारी एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले दिनु भयो ।

बुढीगंगा ६ को कोडिया चौकमा आयोजना गरिएको घरदैलो कार्यक्रम एवं चुनावी सभामा सहभागी हुन जाँदै गर्दा पण्डित चढेको गाडीलाई लक्षित गरेर बीच बाटोमै विष्फोट गराइएको चौधरीले बताउनु भयो । वाम गठबन्धनका क्षेत्र नम्बर ६ प्रदेशसभा ‘क’ का उम्मेदवार जीवन आचार्य चढेको गाडी पनि पण्डितको गाडी भन्दा पछाडि थियो ।  

पण्डित चढेको गाडी अगाडि बढिरहेको स्थानबाट लगभग १० मिटरको दूरीमा विष्फोट गराइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विष्फोटबाट गाडीमा र कुनै मानविय क्षति हुन नपाए पनि विष्फोट स्थलमा ठूलो खाल्डो बनेको छ । शक्तिसाली विष्फोटपछि त्यहाँ भागदौड मच्चिएको थियो । विष्फोटपछि पण्डितलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार उम्मेदवार घरदैलोमा जाँदै गरेको बाटोमा सुतली बम विष्फोट गराइएको हो ।

उहाँले विष्फोटपछि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिंदै घटनामा संलग्नले पहिचान हुन नसकिरहेका कारण खोजी तीव्र पारिएको र प्रहरीले आफ्नो हिसावमा घटनाको अनुसन्धान सुरु गरेको बतानउु भयो । बिसीले निर्वाचन विरोधी गतिविधी गर्ने र चुनाव भाँड्ने समूहले कुनै क्षति पु¥याउने भन्दा पनि आतंक सिर्जना गर्ने हिसावमा विष्फोट गराएको हुन सक्ने बताउनु भयो ।

पण्डितले आफ्नो विजय निश्चित भएपछि कसरी हराउन सकिन्छ भनेर लागेको समूहले विष्फोट गराएको आरोप लगाए । विष्फोटलाई अपराधिक मानसिकताको उपजको संज्ञा दिएर उहाँले आफूमाथि साङ्घातिक आक्रमणको योजना पनि बनिरहेको बताउँदै सुरक्षाको माग गर्नु भएको छ । जनतालाई त्रसित बनाउने हिसावले गरिएका अपराधिक गतिविधीले आफ्नो चुनावी अभियानमा कुनै असर नपर्ने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख