मन्त्रीका अंगरक्षकको निधन  

विराटनगर, मंसिर १२ । विना विभागिय मन्त्री एवं वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको आज विहान निधन भएको छ ।

नेपाली सेनाका जम्दार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । पुर्खेउली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत हुनु हुन्थ्यो ।

मन्त्री मण्डलको विराटनगर १ पोखरिया स्थित निवासमा सुतिरहेका बेला राति अचानक असहज मसुस गरेपछि उहाँलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

उपचारका लागि नर्सिङ होम पु¥याउन साथ विहान १ः४५ बजे बुढालाई चिकित्सकले मृत्त घोषणा गरेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस

हिम्मतको संग्राहलय बनाउने योजना

झापा मंसिर २७ । हिम्मत नेम्बाङ । झापाको कन्काई नगरपालिका ३ गोहि खाडीमा बस्छन उनि । २०२७ सालमा जन्मिएका नेम्बाङको रुचीको विषय चित्रकला र मुर्तिकला हो ।

पुर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल विर्तामोडमा बन्ने  

झापा, मंसिर २७ । झापाको विर्तामोडमा पुर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल बन्ने निश्चित भएको छ । वि एण्ड सी हस्पिटलको हाता भित्र अस्पताल निर्माण कार्य

हिमाली जिल्लाहरुमा ब्यापक हिमपात, जनजीवन प्रभावित

झापा, मंसिर २६ । हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको छ । गएरातिबाट पानी परेसँगै विहानैदेखि हिमपात भएको हो । हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा,