प्रदर्शनले हिंसात्मक रुप लिएपछि पाकिस्तानमा सेना परिचालन

मंसिर ११ । इस्निन्दा कानुनको समर्थनमा गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि पाकिस्तानको इस्लामावादमा सेना परिचालन गरिएको छ ।

सो कानुनको समर्थन गर्दै आइरहेको इस्लामिक संगठन तहरीक–ए–लब्बैकले विगत २० दिनदेखि पाकिस्तानको इस्लामावादस्थित फैजावादमा प्रदर्शन गर्दै आएको थियो ।

प्रदर्शनका क्रममा धर्नामा रहेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हटाउने क्रममा इस्लामिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

झडपका क्रममा सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । सो संगठनले बिगत २० दिनदेखि पाकिस्तानका कानुन मन्त्री हमिद हमीदको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएकोमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ । कानुन मन्त्री जाहिद हमीदले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने उनीहरुको अडान रहेको छ । सो संगठन सन् २०१५ को अगष्टमा गठन भएको संगठन हो ।

यद्यपी पाकिस्तानको चुनाव आयोगले भने सो संगठन दर्ता गर्न अस्वीकार गर्दै आएको छ ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

बेलायतमा भारी हिमपात, यातायात सेवा अवरुद्ध

झापा मंसिर २५ । बेलायतमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।  हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् ।

पाकिस्तानमा गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु

झापा मंसिर १५ । पाकिस्तानको पेशावरस्थित एगि्रकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९

इराकको बग्दादमा आत्मघाती आक्रमण, १७ जनाको मृत्यु

झापा मंसिर १२ । इराकको राजधानी बग्दादमा भएको आत्मघाती आक्रमणमा परि कम्तीमा १७ जनाको ज्यान गएको छ । बग्दादको दक्षिण पूर्वी क्षेत्र नाहरावानमा दुई