उद्धव भन्छन, विकासका काममा अहोरात्र खटेको छु / पवित्रा भन्छिन्, मतदाताको चित्तमा मल्हम पट्टी गर्नेछु

झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनमा विशेष गरि कांग्रेस र बाम गठबन्धन बिच प्रतिश्पर्धा हुने देखीएको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेसका जिल्ला सभापती उद्धव थापा र बाम गठबन्धन बाट एमाले नेतृ पवित्रा निरौला खरेल बिच कडा प्रतिश्पर्धा हुने अनुमान गरिएको छ । दुवै उम्मेद्वार २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । थापा तत्कालिन ४ नम्बर क्षेत्रमा एमालेका प्रेमबहादुर गिरी संग र खरेल तत्कालिन २ नम्बर क्षेत्रमा काँग्रेसका सुधिर कुमार शिवाकोटी संग पराजित भएकी थिइन् । यिनै दुई क्षेत्रका अधिकांश भुभाग मिसाएर अहिले २ नम्बर क्षेत्र निर्माण गरिएको छ । पहिले पराजित भएकै स्थानमा दुवै नेता जितको खोजीमा छन् । दुई प्रतिश्पर्धी संग कञ्चनजङ्घा एफएमका लागि केपी अधिकारीले गरेको कुराकानी ।

उद्धव थापा 

झापा क्षेत्र नम्बर २ का जनताले तपाईलाई भोट किन गर्ने ?

दुई नम्बर क्षेत्र भित्र रहेर मैले धेरै विकास निर्माणका कामहरु गरेको छु । यो क्षेत्रका जनतासंग प्रत्यक्ष सम्पर्कमा रहेर जनताका दुःख, सुख, साह्रा, गाह्रा, अप्mठ्याराहरुलाई मैले साथमा लिएर त्यहाँ बाट जनतालाई सहज हुने काम मैले गरेको छु । जहिले पनि जनतालाई शिरमा राखेर जनभावना बुझेर मैले मेरा कामहरु गरिराखेको छु । त्यस कारण पनि यो क्षेत्रका जनताले मलाई रोज्नुहुन्छ भन्ने मेरो विश्वास छ । 

तपाईको जितको संभावना कती छ ?

खास गरिकन अहिले यो क्षेत्र नम्बर २ हुँदै गर्दा खेरी संविधानसभा दोश्रो निर्वाचनमा यो ४ नम्बर क्षेत्र थियो । अहिले ४ नम्बरको ठुलो भुगोल र पहिलेको २ नम्बरको सानो भुगोल मिलेर अहिले नयाँ २ नम्बर क्षेत्र बनेको छ । विगतमा म संविधानसभा निर्वाचनमा ४ नम्बर क्षेत्रमा उम्मेद्वार बनिरहँदा मैले धेरै विकास निर्माणका काम गरेको छु । म त्यहाँ पराजित भए पनि त्यो महशुस नगरिकन, यस क्षेत्रको विकासका लागि अहोरात्र खटेको हुँदा खेरी, फेरी खास गरि झापाको २ नम्बर क्षेत्रमा विरिङ नदि पर्छ । टाङ्टिङ, नेती लगायतका खोलाले बर्षेनी क्षति गर्ने गरेको छ । अहिले विरिङ नदिको कटान नियन्त्रणका लागि नेपाली कांग्रेस कै अगुवाइ मै जनताको तटबन्द कार्यक्रम ल्याएका छौं । यो काम अगाडी बढीरहेको छ । र निर्वाचन पछि पनि जारी रहनेछ । यस अर्थमा पनि म मतदाताको रोजाइमा पर्छु भन्ने मेरो विश्वास छ ।  

चुनावमा तपाईका एजेण्डा चाँही के छन् ?


विकास निर्माण त हामीले यो क्षेत्रमा गरि राखेका छौं र गर्छौ पनि । यहाँ त सुकुम्बासी समस्या पनि छ । हिजो नेपाली कांग्रेसको सरकार रहँदा पनि हामीले धेरै सुकुम्बासीलाई धनिपुर्जा बाढेर कम्तीमा पनि यो देशका असल नागरिक र जग्गाधनी बनाउने काम हामीले ग¥र्यौ । यो क्षेत्रमा धेरै शिक्षित बेरोजगार रहेका छन्, उनिहरुको व्यवस्थापनका लागि पनि हामी कार्यक्रम बनाउँने छौं । र मुख्यकुरा चाँही हामीले यस क्षेत्रलाई खेलमैत्री क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका छौं । डोमालाल रंगशाला हाम्रै क्षेत्रमा छ, अर्जुनधारा ७ मा ४ विगाह जग्गा खरिद गरेर खेल मैदानको रुपमा विकास गर्ने काम अगाडी बढाइएको छ । यो क्षेत्रका खेलमा रुची राख्ने युवा युवतीका लागि कार्यक्रमहरु ल्याएर असल नागरिक बनाउने लक्ष्य हाम्रो छ । यहाँ हामीले खेलकुद क्षेत्रको विकास गर्दा खेरी अहिले नेपालमा क्रिकेट खेल असाधै लोकप्रिय बन्दै आउको छ । हामी क्रिकेट लाई प्राथमिकतामा राखेर व्यवस्थित प्रशिक्षण केन्द्र सहित, खेल मैदानको विकास गरि दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छु । क्रिकेट, फुटबल, भलिबल लगायत अन्य खेलकुदको विकास बाट त्यस संग सम्बन्धीत खेलाडीको भाग्य र भविष्य बनाउने हाम्रो प्रतिबद्धता छ । 


पवित्रा निरौला खरेल

झापा २ बाटै तपाईको उम्मेद्वारी किन?

म यहि ठाउँकी बासिन्दा, फेरी म यही बाट २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएकी थिए । त्यस बेला मेरा मतदाताको मत खेर गएको थियो । मेरा मतदाताको चित्त दुखेको थियो । र, त्यहि दुखेको चित्तमा मल्हम पट्टी गर्नका लागि उहाँहरुको मतलाई खेर जान दिनु हुँदैन भनेर यस पालि पनि झापा २ नै रोजेकी हुँ । 

झापा क्षेत्र नम्बर २ मा तपाईको जित कति सुनिश्चित छ ?

झापा क्षेत्र नम्बर २ मा मेरो जित म शतप्रतिशत सुनिश्चित छ । किनभने झापा मेरो कर्मथलो हो । यति मात्र होइन २००७ साल देखी नै झापा बामहरुको राम्रो थलोको रुपमा चिनिन्छ । परिवर्तनका लागि लड्ने योद्धाहरुको ठुलो हिस्सा पनि यहि क्षेत्रमा छ । म जिविसको सदस्य रहँदा पनि यस क्षेत्रको विकासका लागि काम गरेकी छु । फेरी म मेची अञ्चलमा नै प्रतिनिधिसभाका लागि एक मात्र महिला उम्मेद्वार भएकाले मलाई जिताउन मेरा आम मतदाता आतुर हुनुहुन्छ उहाँहरुको न्यानो स्नेह मैले पाएकी छु । त्यसैले म जित्छु ।

अघिल्लो निर्वाचनमा यहीँ पराजित बन्नुभयो । यो पालि चाँही तपाई कसरी जित्नुहुन्छ ?

अलिकति हिजो भन्दा आज क्षेत्रमा परिर्वतन आएको छ । जनतामा एक किसिमको चेतना अभिवृद्धी पनि भएको छ । हिजो मैले थोरै मतले मात्र हारेको हुँ । र, हिजोका मेरा हारका कारणहरु पत्ता लगाउँदै त्यसलाई मैले समाधान गरिसकेको छु । हिजो हारेकै ठाउँमा आज जित्नु चाँही उपयुक्त हुन्छ भन्ने मलाई लाग्यो, र यस अघिको असफल प्रयत्नलाई सफल बनाउन मैले झापा २ लाई नै रोजेकी हुँ । 

नेपाली काँग्रेसले त २ नम्बर क्षेत्र हाम्रो हो भनेर दावी गर्छ नि ? 

यो उहाँहरुको दिवा सपना मात्र हो । झापा २ बाम गठबन्धनको यति बलियो क्षेत्र हो । यहाँ राप्रपा, माओवादी र एमालेको मतलाई जोड्दा यहाँ काँग्रेसले जित्ने कुनै आधार नै छैन । 

मतदाताका आशा अभिलासा के कस्ता पाउँनुभयो त?

अहिले विकास निर्माणका कुराहरुनै उहाँहरुले बढी उठाउँनु हुन्छ । किनभने लामो समयदेखी अधिकार प्राप्तीको लडाइँ उहाँहरुले लड्नुभयो हामी सबैले लड्यौं । सामाजिक रुपान्तरण संगसंगै हामीलाई आर्थिक रुपान्तरण र आर्थिक विकासको पनि खाँचो छ । बाटा घाटा पुल पुलेसा बिजुली स्वच्छ खानेपानी लगायतको विकासका लागि पनि यहाँका जनताको माग छ । 

यहाँका मतदाताले तपाईलाई नै किन रोज्र्ने ?

वास्तवमा हाम्रो देशमा लामो समय देखी कम्युनिस्टहरुले बहुमतको सरकार निर्माण गरेर सञ्चालन गर्न सकिरहेको अवस्था छैन । समय समयमा मिलिजुली सरकार चलाए पनि ठोस योजनाहरु लागु गर्न सकिएन । ताना तानका कारण राष्ट्रका धेरै योजनाहरु सफल हुन सकिरहेका छैनन् । राष्ट्रियता, समृद्धी र विकासका लागि अहिले हामीले बामपन्थी राष्ट्रवादी देशभक्त गठबन्धन गरेका छौं । स्थिर सरकार गठन गर्न हामीले चाहेका छौं । त्यसैले मेरा मतदाता मात्र होइन आम मतदाताहरुले हाम्रो गठबन्धन नै रोज्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

प्रतिकृया दिनुहोस

‘बाम गठबन्धन हाँस र कुखुराको जस्तो मिलन’

झापा कात्तिक २९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार छन् । उनका प्रतिश्पर्धी छन्, कांग्रेस