एपीएफलाई बदला लिदै रुपन्देही सेमीफाइनलमा

पर्वत पोर्तेल
काँकडभिट्टा–  विभागिय टीम सशस्त्र प्रहरी वल (एपीएफ) लाई ३–१ ले पराजित गर्दै रुपन्देही ११ ले तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमीफाइनल यात्रा तय गरेको छ । 
झापाकै दुधे गोल्डकपमा एपीएफसंग व्यहोरेको हारको बदला पनि रुपन्देहीले लिएको छ । काँकडभिट्टा माविको खेल मैदानमा भएको रोमाञ्चक प्रतिष्पर्धामा पराजय व्यहोरेपछि अघिल्लो वर्षको उपविजेता एपीएफ पहिलो चरणवाटै बाहिरिएको हो ।  
खेलपछि एपीएफका कोच नवीन्द्र महर्जनले फरवार्ड अंजन विष्ट, डिफेन्डर आदित्य चौधरी र शिवराम गिरीको अनुपस्थितिको फाइदा रुपन्देहीले लिएको बताए । रुपन्देही ११ का कोच दयाराम सापकोटाले टीमले अपेक्षा अनुसार खेल प्रदर्शन गर्न नसकेको सुनाए । 
शुक्रवारको खेल साविक विजेता झापा ११ र सुदुरपश्चिम ११ बीच हुने आयोजकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

भारतको लज्जास्पद हार

भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकाले शानदार जित हासिल गरेको छ । आइतबार भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो

विराटको छैटौं दोहोरो शतक, उच्च स्कोरमा पनि सुधार

झापा मंसिर १६ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले छैटौं दोहोरो शतक बनाएका छन् । उनले श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा पनि दोहोरो शतक पूरा गरेका

नेपाल र केन्या बिचको खेल आज

झापा मंसिर १६ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा आज केन्या संग प्रतिश्पर्धा गर्दैछ । नेपाली टोलीले केन्या