Friday, 2017 February 24
On Air Now !!! Kanchan Parikrama (News)
#
Coming Up Next » Sambriddhi ko Yatra
Program Schedule
  • Adhyadmik Chintan
    Friday 04:30 am-06:00 am
  • Kanchan Parikrama (News)
    Friday 06:00 am-06:40 am
  • 15 Minute
    Friday 06:40 am-07:00 am
  • Sahara Sahakari/ Krishi
    Friday 07:00 am-07:30 am
  • Subha Pravat
    Friday 07:30 am-08:00 am
  • Rajbanshi News
    Friday 08:00 am-08:15 am
  • Nepal Chautari
    Friday 08:15 am-09:00 am
  • Jeevan Saathi
    Friday 09:00 am-10:00 am
  • No Program
    Friday 10:00 am-11:00 am
  • Kanchan Parikrama (News)
    Friday 11:00 am-11:15 am
  • Nirantar Sangeet
    Friday 11:15 am-12:00 pm
  • Call and Dedicate
    Friday 12:00 pm-1:00 pm
  • Kanchan Highlights(News)
    Friday 1:00 pm-1:05 pm
  • No Program
    Friday 1:05 pm-2:00 pm
  • Kanchan Parikrama (News)
    Friday 2:00 pm-2:15 pm
  • No Program
    Friday 2:15 pm-3:00 pm
  • Fun Friday
    Friday 3:00 pm-4:00 pm
  • Kanchan Parikrama (News)
    Friday 4:00 pm-4:15 pm
  • Hamro Mato Hamro yatra
    Friday 4:15 pm-4:45 pm
  • Kanchan Khabar(Local News)
    Friday 4:45 pm-5:00 pm
  • Apanga Sarokar
    Friday 5:00 pm-5:30 pm
  • Hamro Bazaar
    Friday 5:30 pm-6:00 pm
  • Kanchan Parikrama (News)
    Friday 6:00 pm-6:30 pm
  • Sambriddhi ko Yatra
    Friday 6:30 pm-7:00 pm
  • Kanchan Highlights(News)
    Friday 8:00 pm-8:05 pm
  • Karawas ka Samjhana
    Friday 8:05 pm-9:00 pm
  • Sparsh
    Friday 9:00 pm-10:00 pm
  • Subha Ratri
    Friday 10:00 pm-11:00 pm
समाचार 
Archive
programme promo2016-01-07 listen now download
2016-01-07 listen now download
Song2015-02-16 listen now download
Balinali ka kura2015-02-06 listen now download
News Highlights
news 2072-09-23

NATIONAL

 

 

सुनको भाउ बढ्यो

 

काठमाडौं, पुस २३ – सुनको भाउ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले बढेर ४९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ४८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदी भने गएको ८ गतेदेखि नै तोलामा ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यो हप्ताको सुरु देखि नै सुनको भाउ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिकी डलरको विनिमय दर नेपालमा पनि बढेकाले सुनको भाउ उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । सुनको भाउ बढेसँगै कारोबार गर्न समस्या भएको उहाँको भनाई छ ।

 

 

 

 

 

नेपाल आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिन सुरु

 

 lasha chiniya Tourist

 

   नेपाल आउने चिनियाँ पर्यटकलाई सरकारले निःशुल्क भिषा दिन सुरु गरेको छ । निःशुल्क भिषासँगै चिनियाँ पर्यटक आगमन हृवात्तै बढ्ने अनुमान गरिएको छ ।

चीनको ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले हालै नेपाल आउने चिनियाँ पर्यटकको टोलीलाई निःशुल्क भिषा दिएर यो प्रकृयाको औपचारिक सुरुवात गरेको छ ।

हालै नेपाल सरकारले चिनियाँ पर्यटकलाई नेपाल आउँदा भिषा शुल्क नलिने निर्णय गरेको थियो । सो अनुसार अब बेइजिङस्थित नेपाली राजदूतावास, ल्हासा, सांघाई र हङकङस्थित महाबाणिज्य दूतावासमा गएर चिनियाँ पर्यटकहरुले नेपालका लागि निःशुल्क भिषा लिन सक्नेछन् ।

नेपाल सरकारले चिनियाँ पर्यटकलाई १५ दिने, ३० दिने र ९० दिने भिषा दिने छ । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत मुलुक हो । सन् २०१४ मा विश्वभरबाट नेपाल भित्रिएका ७ लाख ९० हजार पर्यटकमध्ये चिनियाँमात्र एक लाख २३ हजार रहेका थिए ।

 

sports

 

हाशिम अम्लाले कप्तानबाट राजिनामा दिए

पुस २३ – हाशिम अम्लाले दक्षिण अफ्रिाकी क्रिकेट टिमको कप्तान पदबाट राजिनमा दिएका छन् । इंग्ल्याण्डसँगको दोस्रो टेस्टपछि अम्लाले कप्तान पदबाट राजिनामा दिएका हुन् । एबी डी भिल्लियर्सले इंग्ल्याण्डसँगको चार टेस्टको श्रृँखलाका बाँकी दुई खेलमा दक्षिण अफ्रिकी टिमको कप्तानी गर्ने छन् । इंग्ल्याण्डसँगको श्रृँखला सुरुभएदेखि अम्पलाको नेतृत्वको विषयमा आलोचना भएको थियो । तर केप टाउनमा भएको दोस्रो टेस्टमा अम्लाले दुई सय १ रनको दोहोरो शतकीय पारी खेलेका थिए । अम्ला सन् २०१४ मा ग्रमे स्मिथको ठाउँ लिँदै दक्षिण अफ्रिकी टिमको कप्तानी सम्हाल्न आएका थिए । अम्लाले दक्षिण अफ्रिकालाई १४ टेस्ट क्रिकेटमा कप्तानी गरेका छन् । उनले कप्तानी सम्हालेपछि श्रीलंका, जिम्बाबे र वेष्ट इन्डिजसँगको सुरुका तीन श्रृँखला जितेका थिए । यस्तै भारतसँगको श्रृँखलामा ३–० ले पराजित भएका थिए । अम्लाले आफ्नो खेलमा बढी ध्यान दिन तथा प्रदर्शन सुधार गर्नका लागि कप्तान पदबाट पछि हट्ने निर्णय गरेको बताएका छन् । उनले आफू यो निर्णयबाट खुशी रहेको पनि उल्लेख गरेका छन् ।

 

 

स्वारेजले स्पानियोलका खेलाडीसँग झगडा गरे

पुस २३ – बार्सिलोनाका खेलाडी लुइस स्वारेज अर्को टिमका खेलाडीसँग झगडा गरेका छन् । स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटर फाइनलको पहिलो लेग अन्तर्गत बुधबार राति भएको खेलमा स्वारेज स्पानियोलका खेलाडीसँग झगडा गरेका हुन् ।

बार्सिलोना ४–१ ले विजयी भएको खेलमा स्पानियोलका सात खेलाडीले पहेँलो कार्ड पाएका थिए भने त्यस मध्ये दोहोरो पहेँलो कार्ड पाएका दुई जना खेलाडी बाहिरिएका थिए । बार्सिलोनका लियोनल मेस्सी, लुइस स्वारेज, नेइमार तथा जेराड पिकेले पनि पहेँलकार्डपाएकाथिए । स्वारेजले स्पानियोलका खेलाडीलाई ‘म तिमिहरुलाई नै पर्खिरहेको छु, यहाँ आओ, तिमिहरु धर्तीका बोझ हौ ।’ भनेका थिए । उनले खेलपछि मैदानबाट फर्किने क्रममा टनेलमा स्पानियोलका खेलाडीसँग झगडा गरेका हुन् । त्यहाँ रहेका दुवै टिमका खेलाडी, सुरक्षा गार्ड तथा प्रशिक्षकले अवस्था सामान्य बनाएका थिए । स्पानियोलका खेलाडी पापे डिओपले खेलको क्रममा स्वारेजकी आमाको अपमान गर्दै बोलेपछि खेलबाट बाहिरिएका थिए ।

 

यु १९ विश्वकप : नेपालको समूहमा अष्ट्रेलियाको सट्टा आयरल्याण्डले खेल्ने

काठमाडौं, पुस २२ - आयरल्याण्डले बंगलादेशमा माघ ८ गतेदेखि सुरु हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने भएको छ । नेपाल रहेको समूह डीको टोली अष्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै बंगलादेश भ्रमण गर्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आयरल्याण्डलाई निम्तो गरेको थियो ।  आइसिसीको निम्तोलाई स्वीकार गर्दै १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने निर्णय गरिएको आयरल्याण्डको क्रिकेट संघ क्रिकेट आयरल्याण्डले जनाएको छ । मलेसियामा भएको छनौट खेलको फाइनलमा आयरल्याण्ड नेपालसित पराजित भएको थियो ।

नेपालले यो प्रतियोगितामा पहिलो खेल माघ १४ गते न्युजिल्याण्डसित खेल्ने छ भने आयरल्याण्डसँग माघ १६ गते प्रतिस्पर्धा हुने छ । यस्तै भारतसित भने नेपालले माघ १८ गते खेल्ने छ । यो समूहको शीर्ष २ स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्ने छ । पुछारका २ टोलीले भने प्लेट च्याम्पियनसिप खेल्ने छन् ।

 

INTERNATIONAL

 

 

राष्ट्रसंघ सुरक्षा परिषदद्वारा उत्तर कोरियाको निन्दा

पुस २३ – संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले परमाणु परीक्षण गरेको भन्दै उत्तर कोरियाको निन्दा गरेको छ । सुरक्षा परिषदले उत्तर कोरियाले परमाणु परीक्षण गरेर संयुक्त राष्ट्र संघको यसअघिको प्रस्तावको उल्लंघन गरेको जनाएको छ ।

बुधबार उत्तर कोरियाले हाड्रोजन बमको रुपमा परमाणु परीक्षण गरेपछि त्यस बारेमा छलफल गर्न बसेको परिषदको बैठकले थप प्रतिबन्ध लगाउने तयारी पनि गरेको छ ।  अन्तर्राष्ट्रिय शान्ति सुरक्षाका लागि उत्तर कोरिया एक स्पष्ट खतरा बनेको पनि सुरक्षा परिषदको भनाई छ । उत्तर कोरियाले बुधबार हाइड्रोजन बमको सफल परीक्षण गरेको गरेको थियो । यो सन् २००६ देखि अहिलेसम्म उत्तर कोरियाले गरेको चौंथो परमाणु परीक्षण हो ।

उत्तर कोरियाले पहिलो पटक हाइड्रोजन बमको सफल परीक्षण गरेसँगै आफ्नो परमाणु हतियारको क्षमता अझै बलियो भएको दाबी गरेको छ । चीन, दक्षिण कोरिया, अमेरिका लगायतले उत्तर कोरियाको चर्को आलोचना गरेका छन् ।

What he's up for offers are a classic Enicar Seapearl 600. Now, panerai luminor 1950 replica many will say this replica watch is ugly, and that i really agree, but it is ugly in a rolex daytona replica great way. The large, goofy markers have lots of lume, which seem to be nicely aged, and may likely look great personally (i.e., not viewed via potato quality photos).